असोज २५, २०८३ आइतबार October 11, 2026

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

क्षेत्रीय राज्यहरूको संयुक्त क्षमता प्रयोग गरेर समझदारी र सहयोग सुधार गर्न आवश्यक रहेको कुरामा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, २५ असोज (रासस/सिन्ह्वा): इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम बिन तारिकले आइतबार पश्चिम एसिया क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्ने आफ्नो देशहरूको प्रतिबद्धता दोहो¥याएका छन् ।

इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिअनुसार टेलिफोन वार्तामा दुवै पक्षले द्विपक्षीय परामर्श जारी राख्नु आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

विज्ञप्तिमा भनिएको छ, “इरानी राष्ट्रपति पेजेस्कियानले क्षेत्रीय शान्ति र स्थिरता प्रवद्र्धन गर्न ओमानका सुल्तान र सरकारले गरेका प्रयासको प्रशंसा गर्दै क्षेत्रीय राज्यहरूको संयुक्त क्षमता प्रयोग गरेर समझदारी र सहयोग सुधार गर्न आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

उहाँले इरान–ओमान सम्बन्धलाई ‘मैत्रीपूर्ण र पुरातन’ भनेर वर्णन गर्दै ओमानका सुल्तानलाई इरान भ्रमण गर्न निम्तो दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

ओमानका सुल्तानले आफ्नो तर्फबाट क्षेत्रमा शान्ति र स्थिरतालाई समर्थन गर्ने आफ्नो देशको दृष्टिकोणलाई जोड दिँदै इरानसँग नजिकको सम्बन्ध र परामर्श कायम राख्नु ओमानको प्राथमिकता रहेको कुरामा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
२०८३ असोज २५, आइतबार
बेनी-जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ प्रस्थान
२०८३ असोज २५, आइतबार
पाकिस्तानमा इमरान खानको पार्टीको सरकार बर्खास्त
२०८३ असोज २५, आइतबार
बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर
२०८३ असोज २५, आइतबार
चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय
२०८३ असोज २५, आइतबार
साउदी विमानस्थलमा हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा
२०८३ असोज २५, आइतबार
एमालेको ‘मिसन पार्टी जागरण अभियान’: कोटेश्वरमा ‘६-ज’ नीतिबारे अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला
२०८३ असोज २५, आइतबार