असोज २५, २०८३ आइतबार October 11, 2026

चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा वा आकस्मिक उपचारसम्बन्धी सहायता चाहिएमा निःशुल्क हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २५ असोज: गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीपछि स्वास्थ्य क्षेत्रको प्रतिकार्यका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमार्फत निरन्तर समन्वय तथा निगरानी गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई सक्रिय गराइएको जनाएको हो ।

मन्त्रालयका अनुसार स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले प्रदेश तथा स्थानीय तहका निकायहरूसँग समन्वय गर्दै घटनाको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ । त्यसैगरी, गण्डकी प्रदेश स्वास्थ्य आपतकालीन तथा सूचना केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय गोरखा, हब तथा स्याटेलाइट अस्पताल र स्थानीय तहका स्वास्थ्य संयोजकहरूलाई निरन्तर सम्पर्क र समन्वयमा रहन भनिएको छ ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन, आकस्मिक उपचार तथा अन्य स्वास्थ्य सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको सूचनामार्फत भनिएको छ ।

प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा वा आकस्मिक उपचारसम्बन्धी सहायता चाहिएमा निःशुल्क हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
२०८३ असोज २५, आइतबार
बेनी-जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ प्रस्थान
२०८३ असोज २५, आइतबार
पाकिस्तानमा इमरान खानको पार्टीको सरकार बर्खास्त
२०८३ असोज २५, आइतबार
बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर
२०८३ असोज २५, आइतबार
चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय
२०८३ असोज २५, आइतबार
साउदी विमानस्थलमा हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा
२०८३ असोज २५, आइतबार
एमालेको ‘मिसन पार्टी जागरण अभियान’: कोटेश्वरमा ‘६-ज’ नीतिबारे अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला
२०८३ असोज २५, आइतबार