असोज २३, २०८३ शुक्रबार October 9, 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

नागरिकलाई आफ्नै क्षेत्रमा सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा स्वास्थ्यमन्त्रीको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दाङ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेकी छन्। प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा उनले उक्त सेवाको शुभारम्भ गरेकी हुन्।

क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा विस्तार हुने अपेक्षा गरिएको छ। यसबाट दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुसम्बन्धी उपचारका लागि टाढाका अस्पतालमा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री मेहताले क्याथ ल्याब सेवा सञ्चालनले यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन्। उनले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउँदै नागरिकलाई आफ्नै क्षेत्रमा सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।

प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा विकास गर्ने विषयमा समेत कार्यक्रममा छलफल भएको थियो। मन्त्री मेहताले प्रतिष्ठानको सेवा विस्तार र स्तरोन्नतिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु
२०८३ असोज २३, शुक्रबार
मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका दुई हजार ६०२ व्यक्तिको नामावली हटाइयो
२०८३ असोज २३, शुक्रबार
कक्रोच जनता पार्टीको आन्दोलन चर्कियो, दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तैनाथ
२०८३ असोज २३, शुक्रबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
२०८३ असोज २३, शुक्रबार
उखु किसानलाई एक अर्ब ५० करोड अनुदान
२०८३ असोज २३, शुक्रबार
शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत
२०८३ असोज २३, शुक्रबार
अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार
२०८३ असोज २३, शुक्रबार