असोज २३, २०८३ शुक्रबार October 9, 2026

चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु

चीनसँग इयुको दैनिक व्यापार घाटा करिब एक अर्ब युरो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ, २३ असोज । चीनसँग बढ्दो व्यापार तनाव कम गर्दै व्यापार तथा लगानीमा सन्तुलन कायम गर्न युरोपेली युनियन (इयु) ले ठोस उपलब्धि हासिल गर्ने प्रयास गरेको छ । इयुका वाणिज्य अधिकारी मारोस सेफकोभिकले शुक्रबार हुने वार्ताबाट ठोस परिणाम निकाल्नु महत्त्वपूर्ण रहेको बताएका छन् ।

चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्टाओसँग बिहीबार बेइजिङमा भेट गरेपछि सेफकोभिकले तीन महिनादेखिको गहन संवादमार्फत इयु–चीन व्यापारलाई सन्तुलित बनाउन प्रयास भइरहेको बताए ।

चीनसँग इयुको दैनिक व्यापार घाटा करिब एक अर्ब युरो पुगेको छ । चीनबाट आयात हुने सस्ता वस्तुले युरोपेली उद्योगलाई दबाबमा पारेको र हजारौँ रोजगारी गुमेको भन्दै इयुले चीनमाथि सरकारी अनुदान, मूल्य घटाएर वस्तु बिक्री र मुद्रा हेरफेर गर्ने कम्पनीलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ ।

यद्यपि, चीनले दुर्लभ पृथ्वीका खनिजजस्ता महत्त्वपूर्ण वस्तुको आपूर्ति रोक्न वा युरोपेली निर्यातमा अवरोध गर्न सक्ने भएकाले इयुका लागि व्यापार सम्बन्ध बिगार्नु सहज छैन । अर्कोतर्फ, कमजोर घरेलु अर्थतन्त्रलाई सहारा दिन निर्यातमा निर्भर चीनलाई पनि व्यापार तनावले असर पार्न सक्छ ।

युरोपेली संसद्को व्यापार समितिका प्रमुख बन्र्ड ल्याङले चीनको आर्थिक सङ्कटले इयुलाई वार्तामा आफ्नो मोलतोल गर्ने क्षमता बढाएको बताएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद
२०८३ असोज २३, शुक्रबार
Govt builds supportive ecosystem for youth entrepreneurship and innovation: Dr. Timilsina
२०८३ असोज २३, शुक्रबार
यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक
२०८३ असोज २३, शुक्रबार
फिलिपिन्सको ताल ज्वालामुखीमा विस्फोट: ४ हजार मिटर माथिसम्म फैलियो खरानी
२०८३ असोज २३, शुक्रबार
चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु
२०८३ असोज २३, शुक्रबार
मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका दुई हजार ६०२ व्यक्तिको नामावली हटाइयो
२०८३ असोज २३, शुक्रबार
कक्रोच जनता पार्टीको आन्दोलन चर्कियो, दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तैनाथ
२०८३ असोज २३, शुक्रबार