असोज २३, २०८३ शुक्रबार October 9, 2026

यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक

भाडाको घरमा सुन प्रशोधन, ठूलो परिमाणमा सुन बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट २१ किलो सुन बरामद भएको छ। सुन बरामद गर्नुका साथै प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन रहेका छन्।

प्रहरीका अनुसार कार्यालयबाट खटिएको टोलीले बूढानीलकण्ठस्थित एक घरमा छापा मार्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। सोही घरबाट ठोस तथा अर्धठोस अवस्थामा रहेको २१ किलो सुनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले बूढानीलकण्ठस्थित उक्त घर भाडामा लिएर सुन प्रशोधन गर्ने स्थानका रूपमा प्रयोग गर्दै आएका थिए।

घर भाडामा लिएर सुन प्रशोधनको काम भइरहेको अवस्थामा ठूलो परिमाणमा सुन बरामद भएपछि प्रहरीले घटनालाई थप अनुसन्धानको दायरामा राखेको छ।

बरामद सुनको स्रोत, प्रशोधनमा संलग्न अन्य व्यक्ति तथा यसमा संलग्न सम्भावित सञ्जालबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनासम्बन्धी थप विवरण भने अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद
२०८३ असोज २३, शुक्रबार
Govt builds supportive ecosystem for youth entrepreneurship and innovation: Dr. Timilsina
२०८३ असोज २३, शुक्रबार
यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक
२०८३ असोज २३, शुक्रबार
फिलिपिन्सको ताल ज्वालामुखीमा विस्फोट: ४ हजार मिटर माथिसम्म फैलियो खरानी
२०८३ असोज २३, शुक्रबार
चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु
२०८३ असोज २३, शुक्रबार
मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका दुई हजार ६०२ व्यक्तिको नामावली हटाइयो
२०८३ असोज २३, शुक्रबार
कक्रोच जनता पार्टीको आन्दोलन चर्कियो, दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तैनाथ
२०८३ असोज २३, शुक्रबार