असोज २३, २०८३ शुक्रबार October 9, 2026

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

नौ लाख २२ हजार ५०० बराबरको औषधि नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज (पर्सा), २३ असोजः सशस्त्र प्रहरी बल पर्साले रु १५ लाख २८ हजार बराबरको विभिन्न सामान बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका-१६ भुटनदेवी मन्दिरस्थित सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु नौ लाख २२ हजार ५०० बराबरको औषधि नियन्त्रणमा लिई आज वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

हेडक्वाटर पर्साबाट खटिएको अर्को टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु तीन लाख दुई हजार ९६० बराबरको मोटरसाइकलसहित तरकारी वीरगञ्ज-१६ बाट नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिनुभयो ।

यस गण मातहत सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज-१६ इनर्वा सीमा इलाकाबाट भारततर्फबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु एक लाख ७७ हजार ८६० बराबरको कपडा तथा जुत्ता बरामद गरी भन्सार कार्यालयको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो ।

त्यस्तै पर्साकै जगरनाथपुर गाउँपालिका-२ लक्ष्मीपुरचोकमा सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको रु एक लाख २५ हजार १०० बराबरको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद
२०८३ असोज २३, शुक्रबार
Govt builds supportive ecosystem for youth entrepreneurship and innovation: Dr. Timilsina
२०८३ असोज २३, शुक्रबार
यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक
२०८३ असोज २३, शुक्रबार
फिलिपिन्सको ताल ज्वालामुखीमा विस्फोट: ४ हजार मिटर माथिसम्म फैलियो खरानी
२०८३ असोज २३, शुक्रबार
चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु
२०८३ असोज २३, शुक्रबार
मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका दुई हजार ६०२ व्यक्तिको नामावली हटाइयो
२०८३ असोज २३, शुक्रबार
कक्रोच जनता पार्टीको आन्दोलन चर्कियो, दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तैनाथ
२०८३ असोज २३, शुक्रबार