असोज २२, २०८३ बिहिबार October 8, 2026

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ

आवश्यक अनुसन्धान गर्दै प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, ललितपुर महानगरपालिका-४ नख्खु दोबाटोबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ७० ट्याब्लेट सहित ललितपुर गोदावरी बस्ने ३० वर्षीय अजित खड्का समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुँगमतीबाट खटिएको प्रहरीले बा.३८ प ६३९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

धादिङ, गजुरी गाउँपालिका-२ चाम्वासबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ६ सय १० ग्राम सहित म्याग्दी घर भएका २३ वर्षीय सनम विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज १७४३ नम्बरको ईभी माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त लागूऔषध कारोबारमा संलग्न १ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

सिराहा, सिरहा नगरपालिका-२१ पिपरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४३ ग्राम ७ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका-१४ बस्ने १९ वर्षीय सतिस दास र ३५ वर्षीय आईसोत मण्डल रहेका छन् । प्रहरी चौकी लकडीगोठबाट खटिएको प्रहरीले लकडीगोठबाट माडरतर्फ जाँदै गरेको स.८ प ६२९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-१ मामाचोकस्थित खोटाङ होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ६० मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ बस्ने २३ वर्षीय दिपक कुमार साह, सोही नगरपालिका-२ बस्ने २४ वर्षीय निक्सल देवान, सोही नगरपालिका-५ बस्ने २२ वर्षीय राहुल गुरूङ र कमल गाउँपालिका-४ बस्ने १९ वर्षीय अरूङ राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सप्तरी, बोदेबरसाईन नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन ७० ग्राम सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बलानबिहुल गाउँपालिका-५ रामनगर बस्ने २१ वर्षीय राकेश यादव र भारत मधुवनी घर भएका २६ वर्षीय इमतियाज मोहम्द रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-२ जमुनी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम र नगद १७ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ४१ वर्षीय रमेश बुढालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-११ अल्का मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १ ग्राम ५ सय ३० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया नरपथगंज ठाना फत्तेपुर पंचायत-२ बस्ने २३ वर्षीय मनोहर यादव, सुनसरी देवानगंज गाउँपालिका-२ यादव टोल बस्ने २२ वर्षीय अर्बिन्द्र कुमार यादव र २३ वर्षीय अनिल कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-३ नदिपुर बस्ने २३ वर्षीय रविन नेपालीलाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम, नियन्त्रित लागूऔषध टापेन्टाडोल ४० ट्याब्लेट र नगद ४३ हजार ४ सय २० रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, इटहरी उपमहानगरपालिका-१९ अमाहा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१९ पटेरूवा बस्ने १९ वर्षीय अमन चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले प्रदेश १-०४-००१ प २७९० नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नयाँबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय पुजन राजधामी समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नडाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ सागरपथ बस्ने बिशाल बिश्वकर्मा समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ७० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले बिशालको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.४५ प ८९९० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने २१ वर्षीय निशान केसी र सोही नगरपालिका-११ बस्ने २९ वर्षीय बिनोद रावल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया