जुम्ला। कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ।
हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रसिद्ध धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने कार्यक्रम हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार विकले जानकारी दिए।
हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने गरिन्छ। मन्दिरको वार्षिक स्थापना दिवसका दिन पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो ठड्याउने परम्परा रहिआएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया