सर्लाही, २१ असोज । सर्लाहीको लालबन्दीस्थित एक किराना पसलबाट १० लाख रुपैयाँ नगद चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्दै आएका ३६ वर्षीय हिरालाल ब्लोन रहेका छन्।
लालबन्दी नगरपालिका–७ स्थित पसलमा राखिएको नगद चोरी गरी फरार भएका ब्लोन काठमाडौँमा लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका ब्लोनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, सर्लाही पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। न्युज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया