असोज १०, २०८३ शनिबार September 26, 2026

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

तीन महिनामा ब्राउन सुगर १९३ ग्राम, चरेस ९ किलो ५०० ग्राम र गाँजा एक हजार ६०६ किलोभन्दा बढी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १० असोजः पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु २७ करोड ८५ लाख बराबरको राजस्व छलिका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरीले उक्त परिमाणको किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवयर, मोटरपाट्र्स तथा शृङ्गारका सामग्रीलगायत सामान बरामद गरेको हो । ती सामान ओसारपसारमा संलग्न १० करोड २२ लाखभन्दा बढी मूल्यको सवारीसाधनसमेत नियन्त्रणमा लिइ भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सोही अवधिमा ३० लाखभन्दा बढीको एक हजार १०० क्युफिट काठ र १०२ ग्राम चाँदी पनि बरामद भएको छ । अवैध ओसारपसारमा संलग्न ८४ जनालाई कारबाही गर्न सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । मधेस प्रदेशका सीमावर्ती इलाकामा हुने लागुऔषध ओसारपसार रोक्न सशस्त्र प्रहरी खटिएको सहप्रवक्ता थापाले जानकारी दिनुभयो । तीन महिनामा ब्राउन सुगर १९३ ग्राम, चरेस ९ किलो ५०० ग्राम र गाँजा एक हजार ६०६ किलोभन्दा बढी बरामद भएको छ ।

सो अवधिमा तीन वटा कटुवा पेस्तोल, दुई थान सिक्सर–२ थान भरुवा बन्दुक तथा सोको राउण्ड र बारुदसमेत बरामद गरिएको छ । त्यस्तै, मानव वेचविखनको आशंकामा २९ जना महिला र ३० जना पुरुषलाई नियन्त्रणमा लिइएको छ ।

साम्प्रादयिक प्रदर्शन, बलत्कार घटना, सीमापार अपराध, विपद् व्यवस्थापन तथा लागुऔषध नियन्त्रणलगायतका कामकारबाहीमा सशस्त्र प्रहरी बलले अन्य सुरक्षा निकाय तथा स्थानीय सरकारसँग समन्वय गरी काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सीमा चिन्हहरूको डिजिटल रेकर्ड तथा भौतिक अवस्थाको अद्यावधिक गर्नुकासाथै समकक्षी भारतीय सुरक्षा निकायसँग समन्वय गरी सीमा पिलरको मर्मतसम्भारमा सशस्त्र प्रहरी खटिँदै आएको छ ।

दशगजा क्षेत्रको सुरक्षा, सीमा अतिक्रम रोक, अतिक्रमिक क्षेत्र खाली गराउने कार्यमा समकक्षीहरूसँग निरन्तर समन्वय भइरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
बाढी तथा पहिरोका कारण बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
२०८३ असोज १०, शनिबार
साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी
२०८३ असोज १०, शनिबार
नयाँ कुमारी आर्यताराको पहिलो नगर परिक्रमा
२०८३ असोज १०, शनिबार