मंग्सिर २, २०८३ बुधबार November 18, 2026

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

हुथी समूहले साउदी अरबमाथि समुद्री नाकाबन्दीसमेत लगाएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रियाद, असोज १० गते । यमनका हुथी विद्रोहीले साउदी अरबमाथि नयाँ आक्रमण जारी राखेपछि साउदी नेतृत्वको गठबन्धनले शनिबार दुई ड्रोन र दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र रोकिएको जनाएको छ । इरान समर्थित हुथी समूहले राजधानी रियादसहित विभिन्न क्षेत्रमा नयाँ आक्रमण गरेपछि अन्तर्राष्ट्रिय स्तरबाट समेत चिन्ता व्यक्त गरिएको छ ।

गत जुलाईदेखि हुथी समूहका आक्रमण निरन्तर तीव्र भइरहेका छन् । लामो समयदेखि कायम युद्धविराम अन्त्य भएपछि यमनको द्वन्द्व थप चर्किएको छ र यसले मध्यपूर्वमा जारी व्यापक युद्धसँगसमेत सम्बन्ध जोडेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले यसअघि साउदी अरबमाथि बढ्दो हुथी आक्रमणको निन्दा गरेको थियो । परिषदले ती आक्रमणमा महिला र बालबालिकासहित सर्वसाधारण घाइते भएको उल्लेख गरेको छ ।

हुथी समूहले साउदी अरबमाथि समुद्री नाकाबन्दीसमेत लगाएको दाबी गरिएको छ । उसले तेल बोकेका पानीजहाजमाथि आक्रमण गर्नुका साथै यमनको लाल सागर तटीय क्षेत्रमा नियन्त्रण विस्तार गरेको र साउदी भूमितर्फ क्षेप्यास्त्र प्रहार गर्दै आएको छ । यस्ता गतिविधिका कारण ऊर्जा बजारमा समेत असर परेको बताइएको छ ।

साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताका अनुसार शनिबार हवाई प्रतिरक्षा प्रणालीले हुथी समूहले रियाद क्षेत्रतर्फ प्रहार गरेका दुई ड्रोन पहिचान गरी नष्ट गरेको थियो । त्यसैगरी, दक्षिणपश्चिमी सहर खमिस मुशैततर्फ प्रहार गरिएका दुई ब्यालेस्टिक क्षेप्यास्त्र पनि रोकिएको गठबन्धनले जनाएको छ । उक्त क्षेत्रमा एउटा महत्वपूर्ण हवाई सैनिक अड्डा रहेको छ ।

हुथी राजनीतिक ब्युरोका सदस्य हेजाम अल-असदले आफ्नो समूहको सैन्य अभियान अझ ठूलो द्वन्द्वका लागि तयारी मात्र भएको बताउनुभएको छ । “अभियानको शक्ति, दायरा र प्रभावका बाबजुद हाम्रो सशस्त्र बलले यसलाई पूर्ण स्तरको युद्धका लागि एउटा सानो अभ्यासका रूपमा मात्र हेरेको छ,” उहाँले शनिबार भन्नुभयो ।

खाडी सहयोग परिषदका महासचिव जासेम मोहम्मद अल्बुदाइवीले पनि हुथी आक्रमणको निन्दा गर्नुभयो । उहाँले यस्तो गतिविधिलाई साउदी अरबको सार्वभौमसत्तामाथिको गम्भीर उल्लंघन भन्दै सर्वसाधारणको सुरक्षा र क्षेत्रीय स्थायित्वमा प्रत्यक्ष खतरा उत्पन्न भएको बताउनुभयो ।

अल्बुदाइवीले अन्तर्राष्ट्रिय समुदायलाई आक्रमण रोक्न तथा हुथी समूहलाई जवाफदेही बनाउन दृढ कदम चाल्न आग्रह गर्नुभयो । यसैबिच, यमनको शासकीय निकायका प्रमुख रशाद अल–अलिमीले शुक्रबार हुथी आक्रमणको सामना गर्न देशभर आम परिचालनको आह्वान  गर्नुभएको थियो ।

हुथी सेनाले यमनी सरकारी सेनाविरुद्ध सञ्चालन गरिरहेको स्थल अभियानका कारण मानवीय संकट थप गहिरिने जोखिम बढेको छ । संयुक्त राष्ट्रसंघका अनुसार अगस्टदेखि हालसम्म यमनमा एक लाख ३८ हजार मानिस विस्थापित भएका छन्, जसमा करिब ७० हजार बालबालिका रहेका छन् । रासस/एएफपी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार