असोज २५, २०८३ आइतबार October 11, 2026

बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बागमती प्रदेशलाई योग, स्वास्थ्य र समृद्धिको नमुना प्रदेश बनाउने घोषणा गरेका छन्।
पतञ्जली योग समितिले आज भक्तपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले बागमती प्रदेशका नागरिकको पहुँचमा योग र स्वस्थ जीवनशैली पुर्‍याउन ‘प्रादेशिक योगपरिषद्’ निर्माण गर्ने बताए।
मुख्यमन्त्री थापाले भक्तपुरलाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको एकीकृत केन्द्रका रूपमा रूपान्तरण गर्दै बागमती प्रदेशका १३ वटै जिल्लामध्ये एक मुख्य नमुना जिल्ला बनाउने आधारशिला तयार भइरहेको बताए।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत गठित प्रादेशिक योग समितिका सदस्य एवं पतञ्जली योग समितिका महासचिव डा नवराज काफ्लेले प्रादेशिक योग परिषद् निर्माणको प्राविधिक तथा नीतिगत गृहकार्य द्रुत गतिमा भइरहेको बताए।
कार्यक्रममा संस्थाका संरक्षक बालमुकुन्द सुवाल, कार्यक्रमका सभापति तथा पतञ्जली योग समिति नेपालका अध्यक्ष सुदर्शन सुवेदीलगायतले देशभर योगसाधनाको प्रचारप्रसार, साधकको सशक्तीकरणलाई पुर्‍याउनुपर्ने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
२०८३ असोज २५, आइतबार
बेनी-जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ प्रस्थान
२०८३ असोज २५, आइतबार
पाकिस्तानमा इमरान खानको पार्टीको सरकार बर्खास्त
२०८३ असोज २५, आइतबार
बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर
२०८३ असोज २५, आइतबार
चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय
२०८३ असोज २५, आइतबार
साउदी विमानस्थलमा हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा
२०८३ असोज २५, आइतबार
एमालेको ‘मिसन पार्टी जागरण अभियान’: कोटेश्वरमा ‘६-ज’ नीतिबारे अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला
२०८३ असोज २५, आइतबार