असोज २३, २०८३ शुक्रबार October 9, 2026

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विनाशकारी बाढीमा बेपत्ता अमेरिकी र नेपाली नागरिकको पहिचानका लागि भइरहेका प्रयासबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । गृहमन्त्री सुदन गुरुङ र नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा उनीहरूबीच विपद् प्रतिकार्यका क्षेत्रमा नेपाल–अमेरिका सहकार्य तथा गत अगस्टमा आएको विनाशकारी बाढीमा बेपत्ता अमेरिकी र नेपाली नागरिकको पहिचानका लागि भइरहेका प्रयासबारे छलफल भएको अमेरिकी दूतावासले जनाएको छ।

अमेरिकी दूतावासका अनुसार नेपालमा बाढी प्रभावितका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको अमेरिकी सहायता परिचालन भइरहेको छ। साथै, नेपालका पहिलो उद्धारकर्तालाई सहयोग पुर्‍याउन अमेरिकी उपकरण, प्रविधि र विशेषज्ञता उपलब्ध गराइँदै आएको छ।

दूतावासले अमेरिकी सहयोग र नेपालसँगको साझेदारीले बाढी प्रभावित समुदायलाई पुनःस्थापना तथा पुनरुत्थानमा सहयोग पुर्‍याइरहेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया