असोज २५, २०८३ आइतबार October 11, 2026

पाकिस्तानमा इमरान खानको पार्टीको सरकार बर्खास्त

मुख्यमन्त्री अफरीदीले अब आफ्नो पद गुमाउनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पाकिस्तानमा राजनीतिक सङ्कट थप गहिरिएको छ। शहबाज सरिफ नेतृत्वको सङ्घीय सरकारले आइतबार खैबर-पख्तूनख्वा प्रान्तमा आपत्काल घोषणा गर्दै त्यहाँको प्रान्तीय सरकारलाई बर्खास्त गरिदिएको छ। राष्ट्रपति आसिफ अली जरदारीले यससम्बन्धी औपचारिक घोषणा गरेका छन्।

बर्खास्त गरिएको खैबर-पख्तूनख्वामा पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक दल पाकिस्तान तहरीक-ए-इन्साफको सरकार थियो। खैबर-पख्तूनख्वाका मुख्यमन्त्री सोहेल अफरीदी पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै आफ्ना समर्थकहरूसँग गत अक्टोबर ४ देखि राजधानी इस्लामाबादतर्फ लामो पदयात्रा निकालिरहेका थिए। यस राजनीतिक तनावकाबीच सङ्घीय सरकारले यो कडा कदम चालेको हो। मुख्यमन्त्री अफरीदीले अब आफ्नो पद गुमाउनुपर्ने भएको छ।

शहबाज सरिफ सरकारले पीटीआई सरकारमाथि प्रान्तमा आतङ्कवादविरुद्धको लडाइँमा जानिजानी सहयोग नगरेको गम्भीर आरोप लगाएको छ। सरकारले देशमा आतङ्कवादलाई कुनै पनि हालतमा सहने छैन भन्दै यो कदम चालिएको स्पष्ट पारेको छ।

पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) ले सङ्घीय सरकारको यस कदमको कडा शब्दमा भर्त्सना गर्दै विरोध जनाएको छ । पीटीआईका अध्यक्ष ब्यारिस्टर गौहर अली खानले यस निर्णयलाई पूर्णतः अलोकतान्त्रिक र ठुलो राजनीतिक भुलको संज्ञा दिएका छन्। उनले प्रान्तको स्वायत्तता र अधिकारलाई कमजोर बनाएर खैबर-पख्तूनख्वामा कहिल्यै पनि शान्ति र स्थिरता कायम गर्न नसकिने स्पष्ट पारे।’

इमरान खानका नजिकका सहयोगी तथा पीटीआईका प्रवक्ता जुल्फिकार (जुल्फी) बुखारीले यस कदमलाई ‘हास्यास्पद’ भनेका छन्। उनले खैबर-पख्तूनख्वा सरकार नै पाकिस्तानमा जनताद्वारा कानुनी रूपमा चुनिएको एक मात्र वैध प्रान्तीय सरकार रहेको दाबी गरे। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
२०८३ असोज २५, आइतबार
बेनी-जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ प्रस्थान
२०८३ असोज २५, आइतबार
पाकिस्तानमा इमरान खानको पार्टीको सरकार बर्खास्त
२०८३ असोज २५, आइतबार
बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर
२०८३ असोज २५, आइतबार
चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय
२०८३ असोज २५, आइतबार
साउदी विमानस्थलमा हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा
२०८३ असोज २५, आइतबार
एमालेको ‘मिसन पार्टी जागरण अभियान’: कोटेश्वरमा ‘६-ज’ नीतिबारे अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला
२०८३ असोज २५, आइतबार