असोज २४, २०८३ शनिबार October 10, 2026

युद्ध अन्त्यको प्रयासमा अमेरिका, युक्रेन र युरोपेली अधिकारीबीच वार्ता

अक्टोबरमा अमेरिका, रुस र युक्रेनबीच त्रिपक्षीय वार्ता पुनः सुरु हुन सक्ने क्रेमलिनको संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मियामी,अमेरिका, २४ असोज । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले शुक्रबार अमेरिकाको मियामीमा अमेरिकी, युक्रेनी तथा युरोपेली अधिकारीहरूबीच महत्वपूर्ण कूटनीतिक छलफल भएको छ । बढ्दो ऊर्जा मूल्य, क्षेत्रीय सुरक्षा चुनौती र युद्धको निरन्तरताले शान्तिपूर्ण समाधान खोज्ने प्रयासलाई थप महत्वपूर्ण बनाएको छ ।

अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार बैठकमा बेलायत, फ्रान्स र जर्मनी सम्मिलित समूह ‘ईथ्री’, युरोपेली आयोग, युक्रेन तथा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का प्रतिनिधिहरू सहभागी थिए । छलफलमा युद्ध अन्त्यका सम्भावित उपाय, ऊर्जा सुरक्षा, अनाज निर्यात, युक्रेनका लागि सुरक्षा प्रत्याभूति तथा दीर्घकालीन शान्ति स्थापना गर्ने विषयमा विचार आदानप्रदान गरिएको थियो ।

त्यसैगरी, युद्धपछिको पुनर्निर्माण, युक्रेनको आर्थिक समृद्धि र युरोपेली संघ (ईयू) को सदस्यता प्रक्रियामा सहयोग गर्ने विषयले पनि प्राथमिकता पाएको विटकफले बताउनुभयो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तापछि रुसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल आपूर्ति गर्ने र नोभेम्बरमा थप पाँच लाख टन उपलब्ध गराउने बताउनुभएको छ । अमेरिकी अर्थ मन्त्रालयले रुसी डिजेल विश्व बजारमा आपूर्ति गर्न अस्थायी अनुमति दिएको जनाएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामार्फत समाधान खोज्न नसकिए द्वन्द्व थप चर्किन सक्ने चेतावनी दिनुभएको छ । उहाँले युद्ध छिमेकी नेटो सदस्य राष्ट्रसम्म फैलिने जोखिमप्रति पनि चिन्ता व्यक्त गर्दै सैन्य माध्यमबाट मात्र यसको समाधान सम्भव नहुने बताउनुभयो ।

युद्ध अन्त्यका लागि मुख्य चुनौती भूभागसम्बन्धी विवाद बनेको छ । रुसले पूर्वी डोनबास क्षेत्रको सम्पूर्ण भूभागमाथि नियन्त्रण कायम गर्नुपर्ने माग गर्दै आएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आफ्नो नियन्त्रणमा रहेका क्षेत्र रुसलाई सुम्पन अस्वीकार गर्नुभएको छ । हाल रुसले युक्रेनको करिब पाँच भागको एक भाग भूभाग नियन्त्रणमा राखेको छ ।

अमेरिकाले नोभेम्बरको मध्यावधि निर्वाचनअघि कूटनीतिक प्रगति हासिल गर्ने प्रयास गरिरहेको छ । क्रेमलिनले अक्टोबरमा अमेरिका, रुस र युक्रेनबीच त्रिपक्षीय वार्ता पुनः सुरु हुन सक्ने संकेत दिए पनि मिति तय भएको छैन । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज
२०८३ असोज २४, शनिबार
एमालेको चुनावी रणनीति : राष्ट्रिय भेला, नेतृत्व पुनःगठन र घरदैलो अभियान चलाउने
२०८३ असोज २४, शनिबार
युद्ध अन्त्यको प्रयासमा अमेरिका, युक्रेन र युरोपेली अधिकारीबीच वार्ता
२०८३ असोज २४, शनिबार
कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य
२०८३ असोज २४, शनिबार
राजनीतिमा स्पष्ट विचार र नीतिप्रति अडिग हुनुपर्छ : शशांक कोइराला
२०८३ असोज २४, शनिबार
Traffic resumes on BP Highway
२०८३ असोज २४, शनिबार
सभापति गगन थापाको प्रतिबद्धता : कांग्रेस छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउँछौँ
२०८३ असोज २४, शनिबार