काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ ।
खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल ओमानलाई पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण जित निकाल्ने लक्ष्यमा हुनेछ।
नेपालले यसअघि क्यानडाविरुद्धको खेलमा २४ रनको जित निकालेको थियो। ओमानविरुद्ध पनि राम्रो प्रदर्शन गर्दै नेपाल अंकतालिकामा आफ्नो स्थिति सुधार्न चाहन्छ।
विश्वकप लिग-२ मा नेपालका लागि प्रत्येक खेल महत्वपूर्ण छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया