असोज २३, २०८३ शुक्रबार October 9, 2026

एनआरटीमाथि पुलिस क्लबको रोमाञ्चक जित, पथरी गोल्डकपको फाइनलमा

पुलिस क्लब र झापा ११ पथरी गोल्डकपको उपाधिका लागि भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, असोज २३ गते । मोरङको पथरीमा जारी तेस्रो पथरीशनिश्चरे गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा न्युरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार पथरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा पुलिस क्लब एनआरटीलाई ४–३ गोलअन्तरले हराउदै  फाइनलमा प्रवेश गरेको हो ।

खेलको २७औँ मिनेटमा सुजन मगरले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाउनुभयो । तर, मध्यान्तरपछि एनआरटीले खेलमा फर्किदै  ५३औँ मिनेटमा गोल फर्कायो । एनआरटीका आशिष गुरुङले पेनाल्टीमार्फत बराबरी गोल गर्नुभएको हो । पुलिसका कप्तान राम बाजीले एनआरटीका शिशिर लेखीलाई पेनाल्टी एरियामा फल्ड गरेपछि मुख्य रेफ्री श्याम दनुवारले एनआरटीलाई पेनाल्टी प्रदान गर्नु भएको थियो ।

त्यसपछि दुवै टोलीले थप गोल गर्न नसकेपछि निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो भने खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा एनआरटीका तर्फबाट मिचेल गर्बुजा, सुदीप लामा र आशिष गुरुङले गोल गर्नुभएको थियो । एनआरटीका कृतिश रत्न छुन्जुको प्रहार पोलमा ठोक्किएको थियो भने विशाल थिङको प्रहार पुलिसका गोलरक्षक अमित टमटाले बचाउनुभयो ।

पुलिसका तर्फबाट सुजन मगर, निरज खड्का, दशरथ गिरी र अमित टमटाले गोल गर्नुभयो । पुलिसका कप्तान राम बाजीको प्रहार भने एनआरटीका गोलरक्षक विशाल सुनारले बचाउनुभयो ।

टाइब्रेकरमा ४–३ को जित निकाल्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका पुलिसका सुजन मगर म्यान अफ द म्याच घोषित हुनुभयो । उहाँलाई नगद सात हजार रुपियाँसहित ट्रफी प्रदान गरिएको थियो ।

उपाधिका लागि नेपाल पुलिस क्लबले झापा ११ को सामना गर्नेछ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा युकेएफसीलाई ५–१ गोलअन्तरले पराजित गर्दै झापा ११ फाइनलमा पुगिसकेको छ ।

तेस्रो पथरीशनिश्चरे गोल्डकपको फाइनल खेल शनिबार झापा ११ र नेपाल पुलिस क्लबबिच हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
२०८३ असोज २३, शुक्रबार
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै
२०८३ असोज २३, शुक्रबार
राष्ट्र बैंकद्धारा आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज २३, शुक्रबार
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
२०८३ असोज २३, शुक्रबार
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
२०८३ असोज २३, शुक्रबार
यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल भारतसँग खेल्ने
२०८३ असोज २३, शुक्रबार
देशभर फैलियो स्क्रब टाइफस
२०८३ असोज २३, शुक्रबार