असोज २५, २०८३ आइतबार October 11, 2026

रोहित पौडेलको शतक र गुल्शनको आक्रामक ब्याटिङमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रनको योगफल तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमनको अल अमारात क्रिकेट मैदानमा जारी खेलमा रोहित पौडेलको शानदार शतकीय पारिको मद्दतले नेपालले क्यानडालाई जितका लागि २३६ रनको लक्ष्य दिएको छ।

रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्यटस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रनको योगफल तयार पारेको हो। सुरुवातमा खराब लयबाट गुज्रिएको नेपालका लागि रोहित पौडेलले टोलीको इनिङ्स उकासेका थिए। उनले १२७ बलमा ८ चौका र १ छक्काको मद्दतमा १०१ रनको योगदान दिए।

नेपालको सुरुआत भने निराशाजनक रहेको थियो। ओपनर आसिफ शेख ४ रन र ईशान पाण्डे शून्य रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो। अर्का ओपनर अर्जुन कुमालले २३ रन बनाए। चौथो विकेटका लागि रोहित पौडेल र बसिर अहमद (३० रन) बीचको साझेदारीले नेपाली इनिङ्सलाई सम्हालेको थियो।

इनिङ्सको अन्त्यतिर गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४ चौका र ३ छक्का प्रहार गरी उत्कृष्ट ४८ रन जोडेपछि नेपाल बलियो स्थितिमा पुगेको हो।

ब्याकिङतर्फ क्यानडाका बलर अखिल कुमारले १० ओभरमा ६८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै सुखजिन्दर सिंहले ३ विकेट तथा जाहिद शिर्जादले २ विकेट हात पारे। नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याउँदै क्यानडाले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्दैछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बूढीगण्डकी बाढीबाट प्रभावितलाई सहयोग गर्न काँग्रेस सभापति गगन थापाको अपिल
२०८३ असोज २५, आइतबार
पाथीभरामा भक्तजनको घुइँचो
२०८३ असोज २५, आइतबार
रोहित पौडेलको शतक र गुल्शनको आक्रामक ब्याटिङमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
२०८३ असोज २५, आइतबार
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनपछि ढुवानीमा सहज
२०८३ असोज २५, आइतबार
बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार
२०८३ असोज २५, आइतबार
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
२०८३ असोज २५, आइतबार
इन्टरनेटको सेवाशुल्क बढाए दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने
२०८३ असोज २५, आइतबार