असोज २७, २०८३ मंगलबार October 13, 2026

अवरुद्ध गलकोट-ताराखोला सडक सञ्चालन

सडक सञ्चालनमा आएसँगै गलकोट र ताराखोलाबीच आवतजावत गर्ने स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई सहज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागलुङ । बाढीले अवरुद्ध गलकोट-ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक यही असोज ११ गतेदेखि अवरुद्ध भएको थियो ।

गलकोट र ताराखोलाको सिमाना गाईघाट झरना नजिक सडकको ट्र्याक बगाएपछि अवरुद्ध बनेको सडकमा अस्थायी रूपमा यातायात सञ्चालनमा आएको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताए।

दरमखोलामा आएको बाढीले गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडकको विभिन्न भागमा क्षति पुर्‍याएको थियो ।

बाढीले सडकको ट्र्याक बगाएपछि गलकोट र ताराखोलाबीचको यातायात सम्पर्क विच्छेद भएको थियो । सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको थियो ।

सडक सञ्चालनमा आएसँगै गलकोट र ताराखोलाबीच आवतजावत गर्ने स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई सहज भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया