असोज २७, २०८३ मंगलबार October 13, 2026

लायन्स डिस्ट्रिक्ट ३२५ के बागमती एरियाको संयुक्त पदस्थापन सम्पन्न

२०२६/२७ लाई नमुना वर्ष बनाउने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, असोज २५ । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागमती एरियाका विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन समारोह काठमाडौंमा सम्पन्न भएको छ। लायन्स वर्ष २०२६/२७ का लागि चयन भएका क्लबका अध्यक्षसहित पदाधिकारीहरूलाई लायन्सको नीति, विधि र परम्पराअनुसार पदस्थापन गरिएको हो।

May be an image of dais and textकाठमाडौंको गोंगबुस्थित बीजी बैंक्वेटमा आइतबार आयोजित समारोहका प्रमुख अतिथि लायन्स इन्टरनेसनलका पूर्वअन्तर्राष्ट्रिय निर्देशक (पीआईडी) बालकृष्ण बुर्लाकोटीले लायन्स वर्ष २०२६/२७ नेपालको लायन्स इतिहासमा नमुना वर्ष बन्ने विश्वास व्यक्त गरे। उनले पहिलो क्वाटरमै ४२ वटा नयाँ क्लब चार्टर हुनु, एलसिआइएफमा ५२ हजारभन्दा बढीको योगदान हुनु तथा पछिल्लो समय लायन्समार्फत भइरहेका सामाजिक सेवाका गतिविधिको खुलेर प्रशंसा गरे।

May be an image of one or more people, dais and textपीआईडी बुर्लाकोटीले लायन्सको संगठन विस्तारसँगै मानवीय सेवा र सामाजिक उत्तरदायित्वका कामलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। मल्टिपलमा रहेका १५ वटा डिस्ट्रिक्टमध्ये सबैभन्दा बढी क्लब संख्या वृद्धि गरेर डिस्ट्रिक्ट ३२५ के नेपालले लायन्स अभियानमा नयाँ पहिचान स्थापित गरेको उनको भनाइ थियो। उनले समुदायका वास्तविक आवश्यकता पहिचान गरी सेवाका कार्यक्रम सञ्चालन गर्न सके लायन्स अभियान थप प्रभावकारी बन्ने बताए।

May be an image of one or more people, lighting, dais and textकार्यक्रमका विशिष्ट अतिथि तथा डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीले लायन्सका विगतका परम्परालाई समयानुकूल परिमार्जन गर्दै सबैलाई समेटेर सामाजिक कार्य अगाडि बढाइएको बताए। उनले लायन्स अभियानलाई अझ समावेशी, सक्रिय र सेवामुखी बनाउने प्रयासमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।

May be an image of dais and textगभर्नर अधिकारीले संगठनको विकास, सदस्यहरूको सक्रियता र समुदायमा आधारित सेवाका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए। उनले पदस्थापनको जिम्मेवारी प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर विष्णुहरि फुयाललाई प्रदान गरेपछि फुयालले नवनिर्वाचित पदाधिकारीहरूलाई पदस्थापन गराएका थिए।

May be an image of dais and textसमारोहमा नयाँ पदस्थापन भएका क्लबका पदाधिकारीहरूलाई चिफ एडभाइजर मीनराज काफ्लेले गन एन्ड गेभल हस्तान्तरण गरेका थिए। लायन्सको नेतृत्व, जिम्मेवारी र संस्थागत परम्पराको प्रतीकका रूपमा गन एन्ड गेभल हस्तान्तरण गरिएको हो।

लायन्स वर्ष २०२६/२७ मा नयाँ चार्टर भएका क्लबहरूलाई समेत गन एन्ड गेभल वितरण गर्दै आएका चिफ एडभाइजर काफ्लेले संगठन विस्तारसँगै नयाँ नेतृत्वलाई आवश्यक प्रोत्साहन र सहयोग उपलब्ध गराउँदै आएका छन्। काफ्ले लायन्स वर्ष २०२७/२८ का लागि द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर पदका प्रस्तावित आधिकारिक उम्मेदवारसमेत हुन्। लायन्स अभियानमा उनको सक्रियता र संगठन विस्तारमा देखाएको भूमिकालाई समारोहमा महत्त्वका साथ प्रस्तुत गरिएको थियो।

May be an image of one or more people, people smiling and weddingसमारोहमा सहभागी लायन्स लिडरहरूले लायन्सको मूल भावना ‘We Serve’ (हामी सेवा गर्छौँ) तथा डिस्ट्रिक्टको वर्ष २०२६/२७ को मूल नारा ‘Leading with Purpose’ लाई आत्मसात् गर्दै सामाजिक सेवा, मानवीय सहयोग र समुदायको आवश्यकतामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

May be an image of temple, crowd and textकार्यक्रममा डिस्ट्रिक्टका द्वितीय भाइस गभर्नर हसनकुमार गोपाली, डिस्ट्रिक्ट सेक्रेटरी गणेश जिसी, डिस्ट्रिक्ट ट्रेजरर चुडामणि सिलवाल, चिफ एडभाइजर मीनराज काफ्ले, पीआरओ इन चिफ सुरेन्द्रबाबु श्रेष्ठ, चिफ एडमिन मुना थापा, मिसन १.५ चिफ महाप्रसाद पाण्डे तथा डीजी थिम चिफ श्रीकृष्ण मानन्धरलगायत लायन्सका विभिन्न तहका नेतृत्वको उल्लेख्य सहभागिता रहेको थियो।

May be an image of weddingसमारोहमा लायन्स क्लब अफ मनमैजु, लायन्स क्लब अफ रोजमेरी, लायन्स क्लब अफ हिमालय भिजन, लायन्स क्लब अफ तालबाराही, लायन्स क्लब अफ न्यू राइजिङ स्टार, लायन्स क्लब अफ स्तूपालगायत बागमती एरियाअन्तर्गतका क्लबका वर्ष २०२६/२७ का अध्यक्ष तथा पदाधिकारीहरूलाई पदस्थापन गरिएको थियो। लियो क्लब अफ काठमाडौं मनमैजुका नयाँ नेतृत्वलाई समेत पदस्थापन गरिएको आयोजकले जनाएको छ।

May be an image of temple, dais and textजोन चेयरपर्सन कमला शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लस्टर चिफ गोविन्दप्रसाद पाठकले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन रिजन चेयरपर्सन प्रेमराज नरालले गरेका थिए।

May be an image of dais and textसंयुक्त पदस्थापन समारोहले नयाँ नेतृत्वबीच समन्वय बढाउनुका साथै लायन्स क्लबहरूलाई सामाजिक सेवाका गतिविधिमा थप सक्रिय बनाउने अपेक्षा गरिएको छ। संगठन विस्तार, सदस्य परिचालन र समुदायको आवश्यकतामा आधारित सेवामार्फत लायन्स वर्ष २०२६/२७ लाई उपलब्धिमूलक बनाउने प्रतिबद्धतासहित समारोह सम्पन्न भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया