असोज २७, २०८३ मंगलबार October 13, 2026

पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण

ताप्लेजुङको पाथीभरा मन्दिर जान नसक्नेका लागि यो स्थान महत्वपूर्ण विकल्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागमती, २७ असोज : दसैँको अवसरमा गुप्त सतचण्डी पाठपारायण सञ्चालन गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडास्थित पाथीभरा मन्दिरमा पाठपारायण सञ्चालन गरिएको हो । महाकाली, महालक्ष्मी र महासरस्वती (दुर्गा) लाई प्रसन्न गर्न गरिने उच्च कोटिको वैदिक अनुष्ठानलाई सतचण्डी पाठपारायण भनिन्छ ।

यहाँ घटस्थापनाका दिनदेखि गुप्त सतचण्डी पाठपारायण भइरहेको मन्दिरका संस्थापक गुरु देवीदासले जानकारी दिनुभयो । घटस्थापनादेखि सुरु भएको पाठपारायण महानवमीका दिनसम्म सञ्चालन हुनेभएको छ ।

यहाँ ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट ल्याइएको शिला, त्रिशूल र कलशलाई स्थापना गरी मन्दिर निर्माण गरिएको हो । मन्दिरमा नियमित पूजाआजका साथै २०६५ असोज १३ गतेबाट अखण्ड हवन भइरहेको छ ।

ताप्लेजुङको पाथीभरा मन्दिर जान नसक्नेका लागि यो स्थान महत्वपूर्ण विकल्प बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया