काठमाडौँ । नवरात्रका अवसरमा यस वर्षदेखि पशुपति क्षेत्रका नौ महाशक्ति पीठ र दश महाविद्या स्थलमा विशेष पूजा सुरु भएको छ ।
विश्व शान्ति र राष्ट्र कल्याणको कामनासहित पशुपतिनाथ र पशुपति क्षेत्रका सबै महाशक्ति पीठ तथा देवदेवीमा नवरात्रभर विशेष पूजा गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य केदारमान भण्डारीले बताउनुभयो ।
पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, वत्सलेश्वरी, जयवागीश्वरी, राजराजेश्वरी, बज्रेश्वरी, कोटेश्वरी, झम्केश्वरी, भुवनेश्वरी र मनमानेश्वरी शक्ति पीठ छन् । यी पीठमा यसै वर्षदेखि विशेष पूजा सुरु गरिएको हो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया