असोज २७, २०८३ मंगलबार October 13, 2026

धनगढी जाँदै गरेको बस नवलपरासीमा पल्टियो : घाइतेहरूको स्थानीय अस्पतालमा उपचार हुँदै

बसचालक र सहचालक पनि घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ स्थित यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन्।

सोमबार बिहान करिब ७:३० बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो।

प्रहरीका अनुसार दुर्घटनाका बेला बसमा करिब ४० देखि ४५ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएका सातै जनालाई उद्धार गरी उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ।

घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका-२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछामको साँफेबगर नगरपालिका-५ की २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका-३ का ३० वर्षीय भगवती अवस्थी, कैलालीको लम्कीचुहा नगरपालिका-८ की २९ वर्षीया निर्मला खड्का र दार्चुलाको मार्मा गाउँपालिका-३ का ४८ वर्षीय धनञ्जय जोशी रहेका छन्।

यस्तै, बसचालक कैलालीको गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय इन्द्र विक र सहचालक कैलालीको गोदावरी नगरपालिका–१ का ४६ वर्षीय मोहन जोशी पनि दुर्घटनामा घाइते भएका छन्।

बस पल्टिने क्रममा सोही दिशाबाट आइरहेको एचआर ३९ जी २८७६ नम्बरको भारतीय ट्रकमा समेत ठक्कर लागेको थियो। ठक्करबाट ट्रकको पछाडिको भागमा सामान्य क्षति पुगेको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको नेतृत्वमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। बस दुर्घटनाको यकिन कारण भने खुलिसकेको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाजुरामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान सम्पन्न
२०८३ असोज २७, मंगलबार
नेपाल टेलिकमद्वारा आकर्षक सुविधासहित ‘अटम अफर २०८३’ सार्वजनिक‘
२०८३ असोज २७, मंगलबार
कांग्रेस महाधिवेशन: जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित
२०८३ असोज २७, मंगलबार
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु, संघीयता कार्यान्वयनमा साझा पहलको जोड
२०८३ असोज २७, मंगलबार
काठमाडौँका विभिन्न स्थानमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
२०८३ असोज २७, मंगलबार
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
२०८३ असोज २७, मंगलबार
पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
२०८३ असोज २७, मंगलबार