असोज २६, २०८३ सोमबार October 12, 2026

तिक्तता बिर्सेर भावनात्मक एकतासहितको कांग्रेस बनाउनुपर्छ : नवनिर्वाचित महामन्त्री पौडेल

आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा लिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाबाट उत्पन्न तिक्तता बिर्सेर भावनात्मक रूपमा एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्ने बताउनु भएकाे छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा लिनुपर्ने बताउनु भएकाे हाे ।

महामन्त्रीको जिम्मेवारी सुम्पिएकोमा महाधिवेशन प्रतिनिधि, मतदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै उहाँले आफूहरूमाथि व्यक्त विश्वासलाई आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो पुँजीका रूपमा व्याख्या गर्नुभएको छ ।

“१५औँ महाधिवेशनको मञ्चबाट अभिव्यक्त मतले हामी सबै जना एकताबद्ध भएर अघि बढ्न स्पष्ट सन्देश दिएको छ,” पौडेलले लेख्नुभएको छ, “विगतका सम्पूर्ण तिक्तताहरूलाई बिर्सेर भावनात्मक रूपमै एकढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ।”

उहाँले आगामी राजनीतिक यात्रामा पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकका साथसाथै उनीहरूका सल्लाह तथा सुझावलाई आत्मसात् गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । बलियो, गतिशील र एकताबद्ध कांग्रेस निर्माणको अभियानमा समर्पित रहने उहाँको भनाइ छ ।

पौडेलले मुलुकका जटिल समस्याको समाधानमा नेपाली कांग्रेसले विगतमा खेलेको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै वर्तमान राजनीतिक तथा आर्थिक चुनौती सामना गर्न सक्ने समयसापेक्ष पार्टी निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनु भएकाे छ ।

कांग्रेसलाई आम नागरिकको सुखदुःखको साथी बनाउँदै जनजीविका र लोकतन्त्रको रक्षा गर्ने गतिशील, जनमुखी तथा भरोसायोग्य राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्नुपर्नेमा उहाँले जोड दिनुभएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन
२०८३ असोज २६, सोमबार
नौ हजार बढी पशुलाई खोरेतविरुद्धको खोप
२०८३ असोज २६, सोमबार
दसैं बिदामा पनि विशेष अदालत खुला रहने (सुचना हेर्नुहोस्)
२०८३ असोज २६, सोमबार
नयाँ शिक्षा ऐन विद्यार्थीकेन्द्रित बनाउने मन्त्रालयको प्रतिबद्धता, बुटवलमा ‘शिक्षा संवाद’ सम्पन्न
२०८३ असोज २६, सोमबार
तिक्तता बिर्सेर भावनात्मक एकतासहितको कांग्रेस बनाउनुपर्छ : नवनिर्वाचित महामन्त्री पौडेल
२०८३ असोज २६, सोमबार
ओलीको चेतावनी : ‘बलजफ्ती र दमन भए प्रतिवादमा उत्रिन्छौँ’
२०८३ असोज २६, सोमबार
स्वास्थ्यमन्त्री मेहता र दक्षिण कोरियाली राजदूतबीच भेटवार्ता
२०८३ असोज २६, सोमबार