असोज २७, २०८३ मंगलबार October 13, 2026

नौ हजार बढी पशुलाई खोरेतविरुद्धको खोप

खोप लगाउन बाँकी रहेका किसानलाई आफ्ना पशुचौपायालाई अनिवार्य खोप लगाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सोलुखुम्बु। सोलुखुम्बुका आठवटै स्थानीय तहमा सञ्चालन भइरहेको खोरेत रोगविरुद्धको निःशुल्क खोप अभियानअन्तर्गत नौ हजार ८९४ पशुलाई खोप लगाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुका प्रमुख डा. सुजन राईका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा उक्त सङ्ख्याका पशु चौपायालाई खोप दिइएको हो।

आर्थिक वर्ष २०८३/८४ को प्रथम चरणअन्तर्गत गत असोज १५ गतेदेखि सो खोप अभियान सञ्चालन गरिएको थियो।

केन्द्रको तथ्याङ्कअनुसार सबैभन्दा बढी थुलुङ दूधकोशी गाउँपालिकामा तीन हजार २५८ पशुलाई खोप लगाइएको छ। यस्तै, माप्य दूधकोशी गाउँपालिकामा एक हजार ५३१, सोताङ गाउँपालिकामा एक हजार २६८, सोलुदूधकुण्ड नगरपालिकामा एक हजार २१५, खुम्बु पासाङल्हामु गाउँपालिकामा ७४१, महाकुलुङ गाउँपालिकामा ७२७, लिखुपिके गाउँपालिकामा ६२८ र नेचासल्यान गाउँपालिकामा ५२६ पशुलाई खोप लगाइएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सल्लेरीको स्वीकृत कार्यक्रम तथा स्थानीय तहका प्राविधिकको सहयोगमा अभियान सञ्चालन भइरहेको कार्यालय प्रमुख डा. राईले जानकारी दिनुभयो। खोरेत रोगबाट पशुलाई सुरक्षित राख्ने उद्देश्यले सञ्चालित यस अभियानमा अहिलेसम्म खोप लगाउन बाँकी रहेका किसानलाई आफ्ना पशुचौपायालाई अनिवार्य खोप लगाउन केन्द्रले आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार