असोज २७, २०८३ मंगलबार October 13, 2026

कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन

युरोप, ओसियाना-अमेरिका, मध्यपूर्व, प्यासिफिक र भारत क्षेत्रबाट उम्मेदवार निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेपाली जनसम्पर्क समितिका विभिन्न क्षेत्रका केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार महिला खुला, युरोप, ओसियाना-अमेरिका, मध्यपूर्व, प्यासिफिक र भारत क्षेत्रबाट उम्मेदवार निर्वाचित भएका छन्।

महिला खुलातर्फ चन्द्रा अधिकारी २८९६ र सीता सापकोटा घिमिरे ३११३ मतसहित निर्वाचित भएका छन्। युरोप क्षेत्रबाट जितेन्द्र विक्रम शाही १४१२ मत प्राप्त गर्दै विजयी भएका छन्।

त्यस्तै, ओसियाना–अमेरिका क्षेत्रबाट सिंगे विद्या भूषण कार्की १९३४ मतसहित निर्वाचित भएका छन्। मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल २०५४ मत प्राप्त गरी विजयी हुँदा प्यासिफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठ १९२० मतसहित निर्वाचित भएका छन्।

भारत क्षेत्रबाट बालकृष्ण पाण्डे ३८२७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको विवरणमा सम्बन्धित क्षेत्रका अन्य उम्मेदवारले प्राप्त गरेको मतसमेत उल्लेख गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार