काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री खुला (२) पदको मतगणनामा २ हजार ८८९ मत गणना हुँदा रामहरि खतिवडाले १ हजार २८० मत प्राप्त गरेका छन्। उपलब्ध मतपरिणामअनुसार अजयबाबु शिवाकोटीले ९२५ मत प्राप्त गरेका छन्।
मतगणनाको पछिल्लो विवरणअनुसार डिल्लीराम सुवेदीले ७११, देवेन्द्रराज कडेलले ६३१ र विकास कोइरालाले ४९५ मत प्राप्त गरेका छन्।
त्यस्तै, राजीव ढुंगानाले ४२२, रमेशप्रसाद धमलाले ३३७, अमृतकुमार अर्यालले ३१० र विमलराज क्षेत्रीले १२४ मत प्राप्त गरेका छन्।
१. रामहरि खतिवडा – १,२८०
२. अजयबाबु शिवाकोटी – ९२५
३. डिल्लीराम सुवेदी – ७११
४. देवेन्द्रराज कडेल – ६३१
५. विकास कोइराला -४९५
६. राजीव ढुंगाना – ४२२
७. रमेशप्रसाद धमला – ३३७
८. अमृतकुमार अर्याल – ३१०
९. विमलराज क्षेत्री – १२४
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया