असोज २६, २०८३ सोमबार October 12, 2026

स्वास्थ्यमन्त्री मेहता र दक्षिण कोरियाली राजदूतबीच भेटवार्ता

दुई देशबीचको घनिष्ठ सम्बन्ध र आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि मित्रराष्ट्र गणतन्त्र कोरियाका नवनियुक्त राजदूत महामहिम पार्क जे क्युङले आज शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा दुई देशबीचको घनिष्ठ सम्बन्ध र आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ।

भेटका क्रममा मन्त्री मेहताले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको उद्धार तथा राहत कार्यमा कोरिया सरकारले पुर्‍याएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकताका क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने बारेमा महत्त्वपूर्ण कुराकानी भएको थियो। जसमा कोरियामा रहेका नेपाली नागरिकहरूको स्वास्थ्य उपचार, मेडिकल टुरिजम, स्वास्थ्य बिमा, डिजिटल हेल्थ, नसर्ने रोगको व्यवस्थापन, रेडियसन थेरापी सेवा र देशका अस्पतालहरूको सुदृढीकरण लगायतका विषयहरू समेटिएका थिए।

छलफलका दौरान नवनियुक्त राजदूत पार्कले नेपाल सरकारले राखेका स्वास्थ्यसम्बन्धी प्राथमिकताका क्षेत्रहरूमा सहयोग तथा साझेदारी गर्न गणतन्त्र कोरिया सदैव तत्पर रहेको दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया