असोज २३, २०८३ शुक्रबार October 9, 2026

कोशी प्रदेश सभा बैठक आज बस्दै

प्रदेश सभाको चालु अधिवेशनअन्तर्गत बाँकी रहेका संसदीय कामकारबाही अघि बढाइदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बिहीबार बस्दै छ। प्रदेश सभा सचिवालयका अनुसार नवौँ अधिवेशनअन्तर्गतको ३२औँ बैठक दिउँसो १ बजे बस्ने भएको हो।

प्रदेश सभा सचिवालयले बैठकका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ। बैठकमा प्रदेश सभाको चालु अधिवेशनअन्तर्गत बाँकी रहेका संसदीय कामकारबाही अघि बढाइनेछ।

यसअघि गत २२ भदौमा बसेको प्रदेश सभा बैठकले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको थियो। त्यसयता लामो समयपछि प्रदेश सभाको बैठक पुनः बस्न लागेको हो।

आजको बैठकमा प्रदेश सरकारका तर्फबाट प्रस्तुत हुने विषय तथा विभिन्न विधेयक र संसदीय प्रक्रियासँग सम्बन्धित विषयमा छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ।

प्रदेश सभा सचिवालयले बैठकमा सहभागी हुन प्रदेश सभा सदस्यहरूलाई जानकारी गराइसकेको छ। बैठक दिउँसो १ बजे प्रदेश सभा भवन, विराटनगरमा बस्नेछ।

चालु अधिवेशनमा प्रदेश सरकारका नीति, कानुन निर्माण तथा समसामयिक प्रदेशगत विषयमा छलफल हुँदै आएको छ। आजको बैठकसँगै स्थगित रहेको प्रदेश सभाको संसदीय गतिविधि पुनः अघि बढ्ने भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उखु किसानलाई एक अर्ब ५० करोड अनुदान
२०८३ असोज २३, शुक्रबार
शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत
२०८३ असोज २३, शुक्रबार
अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार
२०८३ असोज २३, शुक्रबार
अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८३ असोज २३, शुक्रबार
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो
२०८३ असोज २३, शुक्रबार
युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ असोज २३, शुक्रबार
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
२०८३ असोज २३, शुक्रबार