असोज १९, २०८३ सोमबार October 5, 2026

आईपीयू सभामा सहभागी हुन सभामुख अर्याल तान्जानिया प्रस्थान

विभिन्न देशका संसद्का प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता तथा संसदीय सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औँ सभामा सहभागी हुन तान्जानिया प्रस्थान गरेका छन्।

तान्जानियाको अरुसामा आयोजना हुने आईपीयूको १५३औँ सभामा सहभागी हुन सभामुख अर्याल नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार बिहान काठमाडौंँबाट प्रस्थान गरेका हुन्।

सभामुख अर्याल कतार एअरवेजको उडान नम्बर ६४५ मार्फत बिहान ८ः३० बजे काठमाडौंँबाट दोहा हुँदै तान्जानिया प्रस्थान गरेको बताइएको छ।

आईपीयूको सभामा विश्वका विभिन्न मुलुकका संसद्का सभामुख, अध्यक्ष तथा सांसदहरूको सहभागिता रहनेछ। सभामा अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा, लोकतन्त्र, मानवअधिकार, सुशासन तथा दिगो विकासलगायतका समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सभामुख अर्यालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको संसदीय अभ्यास, लोकतान्त्रिक मूल्य–मान्यता तथा संसद्का प्राथमिकताबारे धारणा राख्नेछन्। साथै विभिन्न देशका संसद्का प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता तथा संसदीय सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रमसमेत रहनेछ।

आईपीयूको सभा विश्वभरका संसद्बीच अनुभव आदानप्रदान, अन्तरसंसदीय सम्बन्ध विस्तार तथा साझा विश्वव्यापी चुनौतीमा सहकार्यका लागि महत्वपूर्ण मञ्चका रूपमा रहँदै आएको छ।

सभामुख अर्यालको तान्जानिया भ्रमणले नेपालका संसद् तथा अन्य मुलुकका संसद्बीचको सम्बन्ध विस्तार र संसदीय कूटनीतिलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
२०८३ असोज १९, सोमबार