असोज १९, २०८३ सोमबार October 5, 2026

रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता

आर्थिक विकास, सामाजिक न्याय, लोकतन्त्र तथा सुशासनलगायतका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन जर्ज अर्न्स्टबीच छलफल भएको छ।

सोमबार भएको भेटवार्तामा दुई देशबीचको आपसी हित, सहकार्य र सम्बन्ध विस्तारका विषयमा विचार आदानप्रदान भएको नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ।

भेटका क्रममा आर्थिक विकास, सामाजिक न्याय, लोकतन्त्र तथा सुशासनलगायतका विषयमा पनि छलफल भएको दूतावासले जानकारी दिएको छ।

राजदूत अर्न्स्टले नेपाल र अस्ट्रेलियाबीच आगामी दिनमा निरन्तर संवाद र सहकार्यलाई अघि बढाउँदै द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने अपेक्षा व्यक्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार