काठमाडौँ, असोज २७ गते । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिको सोमबारको बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको हो । समिति सभापति बोधनारायण श्रेष्ठले न्याय परिषद्को पत्राचार अनुसार सुनुवाइ प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको जानकारी दिनुभयो ।
परिषद्को असोज २० गतेको बैठकले सर्वोच्चमा चार न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो । उजुरी आह्वानको समयसीमा सकिएपछि समितिले प्रस्तावित न्यायाधीशको सुनुवाइको प्रक्रिया अघि बढाउने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया