असोज २७, २०८३ मंगलबार October 13, 2026

चार देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

उजुरीकर्तासँगको छलफल सकिएपछि चार देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । संघीय संसद्‌अन्तर्गतको संसदीय सुनुवाइ समितिको १७औँ बैठक सोमबार बस्दै छ। सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९:१५ बजे बैठक बस्न लागेको हो।

बैठकको सुरुमा प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीबारे छलफल हुने कार्यसूची छ। ‘प्रस्तावित राजदूतहरूउपर प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्तालाई समितिमा आमन्त्रण गरी छलफल गरिनेछ,’ सूचनामा भनिएको छ ।

उजुरीकर्तासँगको छलफल सकिएपछि चार देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सुरु हुनेछ। समितिले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे र चीनका लागि प्रस्तावित डा. कल्याणराज शर्मालाई सुनुवाइका लागि बोलाएको छ।

यसैगरी अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापा र बेलायत (संयुक्त अधिराज्य) का लागि प्रस्तावित राजदूत गौरवशमशेर जबराको पनि सोही दिन सुनुवाइ हुनेछ। यी चारै जनालाई सुनुवाइका लागि समितिसमक्ष आमन्त्रण गरिएको छ।

यी मुख्य कार्यसूचीका अतिरिक्त बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने समितिले जनाएको छ। समितिका सहसचिव लक्ष्मीप्रसाद गौतमले एक सूचना जारी गर्दै सदस्यहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाजुरामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान सम्पन्न
२०८३ असोज २७, मंगलबार
नेपाल टेलिकमद्वारा आकर्षक सुविधासहित ‘अटम अफर २०८३’ सार्वजनिक‘
२०८३ असोज २७, मंगलबार
कांग्रेस महाधिवेशन: जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित
२०८३ असोज २७, मंगलबार
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु, संघीयता कार्यान्वयनमा साझा पहलको जोड
२०८३ असोज २७, मंगलबार
काठमाडौँका विभिन्न स्थानमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
२०८३ असोज २७, मंगलबार
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
२०८३ असोज २७, मंगलबार
पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
२०८३ असोज २७, मंगलबार