श्रावण १, २०८२ बिहिबार July 17, 2025

अफगानिस्तानमा चार हजार ५ सय लागु औषध दुर्व्यसनी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको काउन्टर कोर्कोटिक्स प्रहरीले गत हप्ता पश्चिमी हेरात प्रान्तका विभिन्न स्थानबाट चार हजार ५०० लागुऔषध दुर्व्यसनीहरूलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई पुनःस्थापना केन्द्रमा पठाइएको सरकारी बख्तर समाचार एजेन्सीले सोमबार उल्लेख गरेको छ ।

दुर्व्यसनीमा फसेका व्यक्तिहरू निको भएर परिवारमा समाहित हुने अपेक्षा गरिएको प्रान्तीय पुनर्स्थापना केन्द्रका प्रमुख फैजुद्दीन रहिमीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

यस अवधिमा लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा विभिन्न स्थानबाट ७०० भन्दा बढी व्यक्तिलाई पनि पक्राउ गरिएको सञ्चारमाध्यमले जनाएको छ । यसै बीच प्रहरीले सो प्रान्तमा २३ वटा लागुऔषध प्रशोधन प्रयोगशाला नष्ट गरेको बताइएको छ ।

IEA assures of providing medical treatment to all drug addicts - The Kabul  times, Afghanistan Trustable News Agency.

हाल हेरातको पुनःस्थापना केन्द्रमा चार सय लागुऔषध दुर्व्यसनीले उपचार गराइरहेका छन्  ।  केन्द्रका प्रमुख रहिमीले प्रदेशमा लागुऔषधको दुर्व्यवहारलाई जरैदेखि उखेल्ने प्रयास गरिरहेको बताएका छन् ।

यसअघि  जनवरी १२ गते पनि प्रतिरक्षा प्रहरीले हेरात प्रान्तका विभिन्न भागबाट लागुऔषध दुव्र्यसनीलाई नियन्त्रणमा लिएर पुनःस्थापना केन्द्रमा पठाएको थियो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार