श्रावण १, २०८२ बिहिबार July 17, 2025

टर्कीमा फेरि अर्को शक्तिशाली परकम्प, मृतकको संख्या १२ सय नाघ्यो

भूकम्पबाट घाइतेको संख्या नै ५३ सय नाघेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः टर्कीमा सोमबार अपरान्ह अर्को शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही बेरअघि अर्को शक्तिशाली भूकम्पको धक्का महसुस भएको हो।

यसअघि सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर १२ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन्। त्यस भूकम्पबाट घाइतेको संख्या नै ५३ सय नाघेको छ। भूकम्पका कारण सिरियामा पनि ठूलो क्षति भएको छ। भूकम्पबाट घाइतेको संख्या नै ५३ सय नाघेको

सोमबार सबेरै बिहान ७.८ म्याग्निच्यूडको भूकम्पले मध्यपूर्वका कयौँ देश हल्लाएको थियो। त्यसको १२ घण्टा नबित्दै फेरि ७.५ म्याग्निच्यूडको अर्को शक्तिशाली भूकम्प गएको हो।

स्थानीय समयअनुसार दिउँसो १ बजेर २४ मिनेटमा दोस्रो शक्तिशाली भूकम्पको धक्का महसुस भएको हो। यस भूकम्पको केन्द्र एल्बिस्तान जिल्लाको कारामानमारास रहेको छ।

टर्कीको भूकम्प बिपद् तथा आपत्काल व्यवस्थापन प्राधिकरणले यो भूकम्प परकम्प नभएको बताएको छ। उसले यसलाई नयाँ भूकम्प भएको उल्लेख गरेको छ। यसअघि पहिलो शक्तिशाली भूकम्पबाट कारामानमारासमै कम्तीमा ७० जनाले ज्यान गुमाइसकेका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार