असार २१, २०८२ शनिबार July 5, 2025

बुण्डेसलिगा फुटबलका बाँकी खेल दर्शक बिनै हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वका सबै प्रमुख फुटबल प्रतिस्पर्धा रोकिएका छन् । अझै पनि रोकिएका लिगहरु कहिले सुरु हुने भन्ने यकिन छैन ।

तर कोरोना भाइरसको संक्रमण नियन्त्रण तर्फ गएको जर्मनीको बुण्डेसलिगा फुटबल भने अब पुनः सुचारु हुने तयारी भएको छ । आउँदो मे ९ देखि बिना दर्शक बुण्डेसलिगाका खेलहरु सञ्चालन गर्ने तयारी भएको हो ।

जर्मन फुटबल लिगले यो सिजनका बाँकी खेलहरु पूरा गर्ने निर्णय गरेको हो । बिहीबार बुण्डेस लिगा र दोस्रो डिभिजनका क्लबहरुको बैठक बसेको हो । त्यसपछि आउँदो मे ९ देखि दर्शक बिना नै खेल सञ्चालन गर्ने निर्णय भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया