श्रावण ५, २०८२ सोमबार July 21, 2025

युभेन्ट्सकाे इटालियन सिरी ‘ए’ मा सहज जित

युभेन्ट्स २१ खेलबाट २६ अंक जोडेर १०औं स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः डुसान भ्लाहोभिचले दुई गोलसँगै एक असिसट प्रदान गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा सहज जित दर्ता गरेको छ ।

स्टुडियो एरेची सालेरनोमा मंगलबार राति भएको खेलको २६औं मिनेटमा डुसान भ्लाहोभिचले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए ।

फावियो मिरेटीलाई पेनाल्टी बक्समा हान्स निकोलुसी काभिग्लियाले फउल गरेपछि रेफ्रीले युभेन्ट्सलाई पेनाल्टी प्रदान गर्ने मौका दिएका थिए, जसमा युभेन्टसका डुसान
गोल गर्न चुकेनन् ।

उता, पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै युभेन्ट्सलाई पहिलो हाफमा नै २–० को अग्रता दिलाउन सफल भए । उनले डुसानको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफको शुरुमै डुसानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० ले अघि बढाए । डुसानले ४७ औं मिनेटमा निकोलो फाजिओलीको पासममा गोल गर्न सफल भए ।

यस जितसँगै युभेन्ट्स २१ खेलबाट २६ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ भने पराजित सालेरनिटाना २१ खेलबाट २१ अंक जोडेर १६औं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार