भाद्र १, २०८३ सोमबार August 17, 2026

काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत

प्रतियोगिता सिङ्गल राउन्ड रोबिनका आधारमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ । नेपाली लिग च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लबले जीतका साथ काभा पुरुष च्याम्पियन्स लिगमा विजयी शुरुआत गरेको छ ।

माल्दिभ्समा हिजोदेखि शुरू भएको च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा हेल्प नेपालले घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३–२ को सेटमा हराएको हो ।

हेल्प नेपालले पहिलो सेट ३३–३१, दोस्रो सेट २५–२० र पाँचौं सेट १५–८ ले जित्यो । यस्तै धिवेही सिफाइन्सले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२० ले जित्यो ।

सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेतासमेत गरी ६ वटा टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिता सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एशियन क्लब च्याम्पियनशिप खेल्न पाउनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ भाद्र १, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२०८३ भाद्र १, सोमबार