काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीम रावलले स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।
नेता रावलले शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यादेश फिर्ता हुनु सकारात्मक कुरा भएको तर तत्काल स्थायी कमिटीको बैठक बसेर यसको पक्ष र प्रभावको समीक्षा हुनुपर्ने बताएका हुन् ।
साथै उनले तत्काल बैठक बोलाएर कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा छलफल गरेर पार्टीको नीति र भूमिका तय गर्दै सरकारलाई निर्देशन दिनुपर्ने समेत बताएका छन् ।
‘साथै कोरोना विषाणुको संक्रमण रोकथाम, बन्द-बन्देज र जनजीवनबारे गम्भीर छलफल गरी पार्टीको नीति र भूमिका तय गर्दै सरकारलाई सुझाव, निर्देशन दिनुपर्छ’, उनले ट्वीटरमा लेखेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया