श्रावण ५, २०८२ सोमबार July 21, 2025

यू-२० महिला साफको उपाधिमा चुक्यो नेपाल

घरेलु दर्शक र मैदानको साथ पाएको बंगलादेशले भने उत्कृष्ट लय कायम राख्दै तेस्रो पटक च्याम्पियन बन्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साफ यू-२० च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । बिहीबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-० ले पराजित भएको हो।

नेपाल दोस्रो पटक उपविजेता बनेको हो। सन् २०१८ मा भएको पहिलो संस्करणमा पनि नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो। यस स्स्करणमा नेपाल बंगलादेशसँग २ पटक पराजित भयो। ४ राष्ट्र सहभागि च्याम्पियनसिपको पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो।

आज बिहीबार भएको फाइनलमा बंगलादेशले पहिलो हाफमा २ र दोस्रो हाफमा एक गोल गर्‍यो। ४२औं मिनेटमा साहेहेदा अख्तर रिपाले गोल गर्दै अग्रता दिलाइन्। पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा कप्तान साम्सुन्नाहारले गोल गर्दै अग्रता दोब्बर पारिन् । दुवै गोलमा नेपालको डिफेन्सको गल्ती थियो ।

पहिलो गोलमा नेपाली डिफेन्सले क्लियर गर्न नसकेको बलमा रिपाले पेनाल्टी बक्सको एजबाट प्रहार गर्दै गोल गरिन् । काउन्टर अट्याकमा प्राप्त बलमा नेपाली डिफेन्सले क्लियर गर्न नसक्दा साम्सुन्नाहारले अगाडि बढाउँदै पेनाल्टी बक्स भित्रबाट गोल गरिन् ।

दोस्रो हाफमा नेपालले सुरुमै गोल गर्ने अवसर गुमायो। ५०औं मिनेटमा अमिसा कार्कीको क्रसमा सुनकला राईले पेनाल्टी बक्स भित्रबाट गोल गर्न सकिनन्। ७९औं मिनेटमा पनि नेपालले गोल गर्ने अवसर पाएको थियो । तर अमिसा कार्कीको प्रहार बंगलादेशी किपर रुपना चक्माले बचाइन्।

८७औं मिनेटमा बंगलादेशका लागि उनोती खातुनले गोल गरिन् । रिपाको फ्रिकिकमा उनोती खातुनले पोष्ट नजिकैबाट गोल गरिन् । राउण्ड रोविन लिगको अन्तिम खेलमा भारतमाथि ३-१ को पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको नेपालले बंगलादेश विरुद्ध लय कायम राख्न सकेन।

फाइनलमा नेपालले पनि गोल गर्ने ३ राम्रा अवसर गुमाएको थियो। घरेलु दर्शक र मैदानको साथ पाएको बंगलादेशले भने उत्कृष्ट लय कायम राख्दै तेस्रो पटक च्याम्पियन बनेको हो। बंगलादेशले यसअघि २०१८ र २०२१ मा उपाधि जितेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार