श्रावण ५, २०८२ सोमबार July 21, 2025

वनप्लस ११ फाइभजी स्मार्टफोनको प्रि-बुकिङ सुरु

डेढ वर्षकाे वारेन्टी र एक वर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्सको सुविधा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा वनप्लस ११ फाइभजी स्मार्टफोनको प्रि-बुकिङ सुरु भएको छ । वनप्लसको नेपालस्थित आधिकारिक बिक्रेता स्मार्ट टक प्रालिले १६ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको फ्ल्यागशिप फोनकाे प्रि-बुकिङ सुरु गरेकाे हाे ।

इच्छुक ग्राहकले फागुन ३ गतेसम्म दराज अनलाइन शपिङ प्लेटफर्ममार्फत प्रि-बुक गर्न सक्नेछन् । कम्पनीले यो फोनको मूल्य एक लाख ३४ हजार ९९९ रुपैयाँ तोकेको छ । प्रि-अर्डर गर्दा भने ग्राहकले पाँच हजार रुपैयाँ छुट वा वनप्लस ब्यान्ड, वनप्लस नोर्ड ब्यान्ड, वनप्लस वायरलेस नेकब्यान्डमध्ये एक प्रडक्ट निःशुल्क पाउनेछन् ।

त्यस्तै डेढ वर्षकाे वारेन्टी र एक वर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्सको सुविधा पनि छ । कम्पनीले ८ जीबी १२८ जीबी भेरियन्टको फोन पनि चाँडै नै नेपाल ल्याउने तयारी गरेको छ, जसको मूल्य एक लाख २९ हजार ९९९ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया