श्रावण ५, २०८२ सोमबार July 21, 2025

रग्बी लिग आइतबारदेखि

प्रतियोगितामा यही माघ २९ गते, फागुन ३ गत र फागुन ६ गते समान दुई–दुई खेल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल रग्बी सङ्घको आयोजनामा तेस्रो रग्बी लिग यही माघ २९ गतेदेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने सङ्घका अध्यक्ष दीपक देवकोटाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिङ्गल राउन्ड रोबिन पद्दतिमा प्रतिस्पर्धा गर्नेछन् ।

हिमालयन टाइगरमा दुई विदेशी खेलाडी रहेका छन् भने गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका एक–एक खेलाडी छन् । बाँकी दुई टोलीमा विदेशी खेलाडी नरहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा यही माघ २९ गते, फागुन ३ गत र फागुन ६ गते समान दुई–दुई खेल हुनेछ । यसअघि भएको पहिलो संस्करणको खेलमा आर्मी र दोस्रो संस्करणको खेलमा गोर्खाली रग्बी क्लबले उपाधि जितेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार