काठमाण्डौः ओलिभर जिरुडको निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी ए मा जित निकालेको छ ।
मिलानले घरेलु मैदानमा टोरिनोमाथि १–० को झिनो जित हात पारेको हो । फ्रान्सेली फरवार्ड मिलानको जितमा जिरुडले गरेको गोल नै निर्णायक बन्यो ।
मिलानोमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा हर्नान्डेजको पासलाई जिरुडले ६२औं मिनेटमा हेडमार्फत गोल गरेका थिए ।
यस जितसँगै मिलान छैटौं स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ । मिलानको २२ खेलबाट ४१ अंक पुगेको छ । मिलान एक खेल कम खेलेको दोस्रो स्थानको इन्टरसँग २ तथा शीर्षस्थानको नेपोलीसँग १५ अंकले पछि छ । पराजित टोरिनो ३० अंक जोडेर सातौं स्थानमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया