श्रावण ५, २०८२ सोमबार July 21, 2025

प्रधानसेनापति खुला दौड प्रतियोगिता सुरु

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । प्रतियोगितामा विभिन्न विधाका लागि कायम गरिएको दौडको दूरी पार गरेपछि सोही स्थानमा आएर समापन हुनेछ । सेनाले विसं २०७२ देखि स्थापना दिवसका अवसरमा यो प्रतियोगिता गर्दै आएको छ ।

उक्त प्रतियोगिताअन्तर्गत आयोजना गरिएको पाँच किमीको वाकाथनमा प्रधानसेनापति शर्मा सहभागी हुनुुहुन्छ । उक्त वाकाथनमा सेनाका उच्च अधिकृतका साथै समाजमा विभिन्न पेसा व्यवसायसँग सम्बन्धित व्यक्ति सहभागी हुनुहुन्छ ।

प्रतियोगिताअन्तर्गत ४२ किमी दूरीको म्याराथन जङ्गी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर,  पेप्सीकोला,  गौशला, चाबहिल, महाराजगञ्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ । प्रतियोगितामा तीन सय धावक सहभागी छन् । प्रतियोगिताअन्तर्गत २१ किमी हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष धावकलाई क्रमशः रु ७५ हजार, ५० हजार र  ३५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सात सय ५० धावक सहभागी छन् ।

सैनिक सहचारी र सेनाका महाविद्यालयमा अध्ययनरत छात्रछात्रा सम्मिलित १० किमी दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु १० हजार, सात हजार र पाँच हजार नगर प्रदान गरिने सेनाले जनाएको छ ।  प्रतियोगितामा पाँच सय धावक सहभागी छन् । नेपाली सेनाले यस पटक आफ्नो स्थापनाको २६० औँ स्थापना दिवस मनाउने क्रममा छ । सेनाले हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाउँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार