असार २८, २०८२ शनिबार July 12, 2025

मधेस प्रदेशसभा बैठक २ फागुनमा

आगामी फागुन २ गते मंगलबार दिउँसो बैठक आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मधेस प्रदेशको प्रदेशसभा बैठक आगामी फागुन २ गतेका लागि आह्वान गरिएको छ ।

सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

माघ ४ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया