श्रावण ५, २०८२ सोमबार July 21, 2025

लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने

दश दिनसम्म चल्ने प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो ।

कोरोना महामारीका कारण दुई वर्ष हुन नसकेको प्रतियोगिता फेरि सुरु हुने भएको क्लबका अध्यक्ष काशीराम बोहराले बताउनुभयो । “हरेक वर्ष हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण हुनसकेन”, उहाँले भन्नुभयो, “यस वर्षदेखि पुनः प्रतियोगिता निरन्तर सञ्चालन गर्नेछौँ ।”

उहाँका अनुसार दश दिनसम्म चल्ने प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले नगद रू. दुई लाख ११ हजार एक सय ११ सहित ट्रफी, उप–विजेताले नगद रू. एक लाख ११ हजार एक सय ११ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक अमित विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितमा उत्कृष्ट खेलाडीलाई नगद रू. दश हजार र उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीलाई जनही पाँच÷पाँच हजार प्रदान गरिनेछ । क्लबले प्रतियोगिताकोे पूर्व सन्ध्यामा सामुदायिक विद्यालय अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ । त्यसैगरी लालझाडी गाउँपालिका–१ स्थित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य शिविरबाट अरिब आठ सय सेवाग्राहीले सेवा लिएको क्लबले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार