श्रावण ५, २०८२ सोमबार July 21, 2025

मकवानपुर गोल्डकप: एपिएफ क्वार्टरफाइनलमा

सहिद स्मृति मकवानपुर गोल्डकपमा सशस्त्र प्रहरीको एपिएफ क्लब क्वार्टर फाइनल प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा सशस्त्र प्रहरीको एपिएफ क्लब क्वार्टर फाइनल प्रवेश गरेको छ।

आइतबार भएको खेलमा सातदोबाटो क्लबलाई १–० गोलले हराउँदै एपिएफले अन्तिम ८ मा स्थान बनाएको हो। खेलमा एपिएफका युवराज खड्का नायक बने।

उनले पाँचौँ मिनेटमा हेडमार्फत गरेको गोल नै निर्णायक बन्यो। ३६ औँ मिनेटमा सातदोबाटोले बराबरी गर्ने मौका खेर फाल्यो। गोलरक्षक राजु नगरकोटी र डिफेण्डर तालमेलको अभावमा फुत्किएको बललाई सातदोबाटेका भुवन बस्नेतले सदुपयोग गर्न सकेनन्। दोस्रो हाफमा दुवै टिमले खासै गतिलो मुभ बनाउन सकेन।

अतिरिक्त समयको अन्त्यतिर सातदोबाटोका निरज चौधरीको प्रहार पोष्टको थोरै माथिबाट बाहिरिएको थियो। अतिरिक्त समयमा आक्रामक खेले पनि सातदोबाटो खेलमा फर्किन सकेन। खेलको म्यान अफ द म्याच एपिएफका मणि लामा घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले सोचेजस्तो खेल्न नसकिएको प्रतिक्रिया दिए। ‘पहिलो खेल भएर पनि हामीलाई गाह्रो भयो। फिनिसिङमा चुक्दा खासै गोल निस्किन सकेन’, महर्जनले भने, ‘अर्को खेलमा सुधारिएको खेल पस्किनेछौँ।’

यता सातदोबाटोका प्रशिक्षक सनुज श्रेष्ठले यो सिजनकै पहिलो खेल भएकोले तालमेलको अभाव देखिएको बताए। ‘हामी विदेशी खेलाडी बिना नै मैदानमा उत्रिएका थियौँ। सुरुमै गोल व्यहोरेकोले प्रेसरमा पर्‍यौँ’, उनले भने, ‘स्कोर ननिस्किँदा हार व्यहोरियो।’ उनले रेफ्रीको निर्णय समेत चित्तबुझ्दो नभएको प्रतिक्रिया दिए।

जारी प्रतियोगितामा सोमबार न्यूरोड टिम एनआरटीले वीरगन्ज युनाइटेडसँग खेल्नेछ। सात वटा ए डिभिजन, एउटा विदेशी तथा ४ वटा मोफसलका गरी १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई मकवानपुरका स्थानीय तहसहित विभिन्न सङ्घसंस्थाले सहयोग गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार