श्रावण ५, २०८२ सोमबार July 21, 2025

नमस्ते पेबाट मोबाइल टपअप गर्दा १० प्रतिशत क्याशब्याक पाइने

गएको शुक्रबारबाट सुरु भएको यो अफर मंगलबारसम्म लागु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मोबाइल वालेट कम्पनी नमस्ते पेले भ्यालेन्टाइन डेलाई लक्षित गरेर क्याशब्याक अफर सञ्चालनमा ल्याएको छ ।

नमस्ते पेको यो अफर अन्तर्गत प्रयोगकर्ताले मोबाइलको रिचार्जमा १० प्रतिशतसम्म क्याशब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताले एनसेल तथा टेलिकमको मोबाइल रिचार्जमा १० प्रतिशत (बढीमा ५० रुपैयाँ) सम्म क्याशब्याक प्राप्त गर्नेछ । गएको शुक्रबारबाट सुरु भएको यो अफर मंगलबारसम्म लागु हुने कम्पनीले जनाएको छ ।

नमस्ते पे नेपाल टेलिकमको भातृ कम्पनी हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया