कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सोमबारको विनिमय दर: अमेरिकी डलर स्थिर, युरोमा ओरालो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम गरिएको छ। आईतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सोमबार युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ६२ पैसा र बिक्रीमा १४१ रूपैयाँ २६ पैसा छ। आइतबार युरो एकको खरिदमा भने १४० रूपैयाँ ९५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ५९ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३३ पैसाले ओरालो लागेको छ ।

यस्तै, सोमबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५५ पैसा तोकिएको छ। यसअघि आइतबार यसको खरिददर १५९ रूपैयाँ ५० पैसा र बिक्रीदर १६० रूपैयाँ २३ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ १० पैसा र बिक्रीमा ९१ रूपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ६४ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा तोकेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ९ पैसा र बिक्रीदर ३५ रूपैयाँ २५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आईतबार ३० रूपैयाँ ४० पैसा र बिक्रीमा ३० रूपैयाँ ५४ पैसा पाइन्छ। यसैगरी कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ६७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९१ पैसा तोकिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया