काठमाण्डौः स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोनाले जित निकालेको छ।
घरेलु लिगअन्तर्गत भिल्लारियलको मैदानमा सम्पन्न खेलमा पाहना टिम बार्सिलोनाले १–० को साँघुरो जित निकालेको हो।
बार्सिलोनाको जितमा पेड्रीले एकमात्र गोल गरेका थिए। उनले खेलको १८ औं मिनेटमै गोल गरेका थिए। सोहि गोललाई बचाउँदै बार्सिलोनाले जित निकालेको हो।
यो जितसँगै बार्सिलोनाले शीर्षस्थानमा ११ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको रियल मड्रिडको ४५ अंक रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया